काठमाडौं । कर्णाली प्रदेशले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-२ लाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको छ ।
सुनसरीको इनरुवामा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ ओभर ५ बलमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो ।
कर्णालीको लागि कप्तान रबिन्द्र शाहीले सर्वाधिक ४६ रन बनाए । यस्तै दिवन पुनले २३, प्रकाश जैसीले १५ तथा विपिन रावलले १० रन बनाए ।
प्रदेश-२ का महबुब आलमले ३ विकेट लिए । यस्तै हरि शंकर शाह र आदील अन्सारीले २/२ विकेट लिए ।
सेमिफाइनलमामा पुग्न आज कर्णालीलाई जित्नै पर्ने दबाबमा रहेको छ । पहिलो खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
यस्तै प्रदेश-२ जित निकाल्दै सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्छ । प्रदेश-२ को यो पहिलो खेल हो ।