एजेन्सी । पाहुना टिम आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ ।
ब्रिजटाउनमा भएको पहिलो एकदिवसीयमा वेष्ट इण्डिजले आयरल्याण्डलाई ५ विकेटले हराएको हो ।
आयरल्याण्डले दिएको १ सय ८१ रनको लक्ष्य वेष्ट इण्डिजले ३३ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
वेष्ट इण्डिजको जितमा इभिन लेविसले अविजित ९९ रन बनाए । आयरल्याण्डका सिमि सिंहले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ४६ ओभर १ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटिएको थियो ।
आयरल्याण्डका लोर्कान टुकेरले ३१ रन जोड्दा मार्क एडिअरले २९ रन बनाए । वेष्ट इण्डिजका अल्जारी जोसेफले ४ विकेट लिए ।
जितसँगै वेष्ट इण्डिजले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।