एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कपमा लण्डन क्लब चेल्सीले लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।
इडेन हजार्डले पेनाल्टीमा विजयी गोल गरेपछि चेल्सीले लियोनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा भेट्रान गोलकिपर रोब ग्रिनले उत्कृष्ट प्रर्दशन गर्दै प्रशिक्षक माउरिजियो सर्रीलाई राहत दिलाए ।
चेल्सीले इन्टेरनेश्नल च्याम्पियन्स कपको सबै खेल पेनाल्टी सुटआउटमा पुर्रायाएको थियो । लण्डन क्लबले इन्टर मिलानलाई पराजित गरेको थियो तर सहरी प्रतिद्धन्दी आर्सनलसंग हारेको थियो ।
चेल्सी यति बेला एट्लेटिक बिल्बाओका गोलकिपर केपा अराईजब्लागासंग जोडिएको थियो ।
मुख्य गोलकिपर थिबाउट कोर्टुवा स्पेनिस महारथी क्लब रियल मड्रिड जाने तयारी गरेपछि चेल्सीले ठुलो रकम खर्चदै बिल्बाओको गोलकिपर भित्राउन चाहेको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कप्तान हजार्डले नयाँ सिजनकालागि आफु तयार रहेको संकेत गरेका छन् ।