एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।
इन्डोरले मंगलबार भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो।
भारतको लागि लोकेश राहुलले ४५ रन बनाए । यस्तै श्रेयस आयरले ३४ रन जोड्दा शिखर धवनले ३२ रन बनाए । कप्तान विराट कोहली २४ रनमा अविजित रहे ।
श्रीलंकाका वाविन्दु हसरंगाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।
श्रीलंकाका कुशल परेराले ३४ रन बनाए। अभिस्का फर्नान्डोले २२ रन जोड्दा दनुस्का गुनाथिलकाले २० रन बनाए ।
भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । नाभदिप सैनी र कुलदिप यादवले २/२ विकेट लिए ।
दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो ।