काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले शुक्रबारबाट बन्द प्रशिक्षण थाल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आइतबार बसेको बोर्ड बैठकले नेपालको तयारी पोखरामा शुक्रबारबाट गर्ने निर्णय गरेको हो । बन्द प्रशिक्षण पोखरा क्रिकेट मैदानमा हुनेछ ।
विश्वकप लिग टु अन्तर्गत नेपालले माघ २२ देखि २९ गतेसम्म टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने छ ।
सिरिजका लागि टियु मैदानको स्तरोन्नति र अभ्यासको लागि मुलपानी मैदानको स्तरोन्नतिको काम पनि भईरहेको क्यानले जनाएको छ ।
नेपालले अमेरिका र ओमानसँग खेल्लिने खेल तालिका :
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २३ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका