काठमाडौं । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) ले त्रिभुवन आर्मी क्लबलाई जितका लागि ५७ रनको लक्ष्य दिएको छ ।
इनरुवामा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको एमएमसीसी १९ ओभर ३ बलमा अलआउट हुँदै ५६ रनमा समेटियो । आर्मीका बलरसामु निरिह एमएमसीसीका सुशान्त तिमल्सिनाले सर्वाधिक १५ रन जोडे। यस्तै सोनु मण्डलले १३ रन बनाए ।
आयोजक टोलीलाई सस्तैमा समट्ने आर्मीका देब्रे हाते स्पिनर सुशन भारीले ह्याट्रिक विकेटसहित ७ विकेट लिए । उनले मात्र १६ रन खर्चिए ।
सुशनले सातौं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए ।
यस्तै हरि चौहानले २ विकेट लिए ।
आज आर्मी जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । यस्तै घरेलु टिम पहिलो जितको खोजीमा रहेको छ ।