काठमाडौं । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कुशल मल्लले पहिलो शतक प्रहार गरेका छन् ।
इनरुवा रंगशालामा अहिले जारी एपीएफविरुद्धको खेलमा कुशलले शतक बनाएका हुन् । शतक बनाउने क्रममा कुशलले ५३ बलमा १२ छक्का र ५ चौकासहित १०० रन बनाए ।
कुशल ६३ बलमा १ सय ११ रन बनाएर प्रदिप सिंह ऐरीको बलमा आउट भएका छन् । कुशल जारी प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी हुन् ।
प्रतियोगिताको समूह 'ए' मा रहेका आर्मी र एपीएफले पहिलो खेल खेलिरहेका छन् ।