काठमाडौं । मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले प्रदेश ३ लाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको छ ।
इनरुवा रंगशालामा शनिबार वर्षाको कारण २८ ओभरमा झारिएको खेलमा प्रदेश १ ले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो ।
प्रदेश १ का लागि कप्तान पुष्प थापाले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मनिष थापाले २० रन जोड्दा फिर्दोस अन्सारीले १८ र राज थापाले १० रन बनाए ।
प्रदेश ३ का नन्दन यादबले ४ विकेट लिए । राम नरेश गिरीको नाममा २ विकेट रह्यो ।
आज दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेका छन् ।
समूह सी मा रहेका प्रदेश १ को २ अंक रहेको छ । यस्तै प्रदेश ३ को १ अंक रहेको छ ।
यस समूहबाट प्रदेश ५ बाहिरिसकेको छ ।