एजेन्सी । पाहुना टोली न्युजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको पहिलो दिन शुक्रबार अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरेको छ ।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ३ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको छ ।
अष्ट्रेलियाका लागि मार्नुस लाबुस्चाग्नेले १ सय ३० रनको शतकीय इनिङ्स खेल्दै क्रिजमा रहेका छन् । म्याथ्यु वेड २२ रन जोडेर मार्नुसलाई साथ दिईरहेका छन् ।
यस्तै अष्ट्रेलियाका लागि स्टेभेन स्मिथ ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए भने डेभिड वार्नर पनि ४५ रनमा पेभेलियन फर्किए । जोई बर्न्सले १८ रन बनाए ।
न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमेले २ तथा नील वाग्नरले १ विकेट लिए ।
विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिज अष्ट्रेलियाले २-० ले जितिसकेको छ । यस अघि पहिलो टेष्ट २ सय ९६ रनले जितेको अष्ट्रेलियाले दोस्रो टेष्ट २ सय ७४ रनले आफ्नो बनाएको थियो ।