काठमाडौं । मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले जितका लागि प्रदेश ५ लाई १ सय ९० रनको लक्ष्य दिएको छ ।
इनरुरा रंगशालामा शुक्रबार पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४५ ओभर २ बलमा १ सय ८९ रन बनायो । प्रदेश ३ का लागि कप्तान सुवास खकुरेलले सर्वाधिक ४२ रन बनाए ।
यस्तै आदील खानले २६, रित गौतमले २२, प्रतिष जिसीले १८, राम नरेश गिरिले १७, सोनु तामाङले १५, इशान पाण्डेले १२ र नन्दन यादबले १० रन बनाए ।
प्रदेश ५ को लागि विशाल बिक्रम केसीले ५ विकेट हात पारे । यस्तै अनिल खेरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले समान १/१ विकेट लिए ।
बिहिबार भएको उद्घाटन खेलमा प्रदेश ५ लाई प्रदेश १ ले ६८ रनले पराजित गरेको थियो । त्यसैले सेमिफाइनलमा स्थान बनाउन प्रदेश ५ को लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।