एजेन्सी । इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान रोरी बर्न्सले दक्षिण अफ्रिकाविरुद्धको बाँकी तीन टेष्ट गुमाउने भएका छन् ।
घरेलु टिमविरुद्धको दोस्रो टेष्ट अघि प्रशिक्षणको क्रममा चोट बोकेपछि बर्न्सले बाँकी टेष्ट गुमाउने भएका हुन् ।
इन्ग्लिश टिम चार खेलको टेष्ट सिरिजका लागि दक्षिण अफ्रिकाको भ्रमणमा रहेका छन् ।
बिहिबार प्रशिक्षणको दौरान फुटबल खेल्ने क्रममा बर्न्सको देब्रे खुट्टाको एन्कलमा चोट लागेको छ । चोटसँगै उनी घर फर्किएका छन् ।
२९ वर्षे ब्याट्सम्यान बर्न्स पहिलो टेष्टमा इंग्ल्यान्डका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
चार खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले पछि रहेको छ । दोस्रो टेष्ट आज शुक्रबारबाट सुरु हुनेछ ।