एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्ट गुमाउन सक्ने भएका छन् ।
इंग्ल्यान्डले घरेलु टिमसँग कप टाउनमा शुक्रबारबाट दोस्रो टेष्ट खेल्दैछ । तर, हातको कुहिनामा लागेको चोटका कारण उनले दोस्रो टेष्ट गुमाउने सम्भावना बढेको हो ।
आर्चर बुधबार भएको प्रशिक्षणमा समेत सामेल भएका थिएनन् ।
आर्चरले दुई वार्म अप खेल पनि खेलेका थिएनन् ।
पहिलो टेष्टले दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १ सय ७ रनले हराएको थियो ।