काठामाडौं । राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य किरण चेम्जोङले थाईल्याण्डमा हुने अभ्यास खेल गुमाउने भएका छन् ।
भिसा प्रोसेसिङमा ढिलाई हुदाँ किरणले थाईल्याण्डमा हुने पहिलो अभ्यास खेल गुमाउने भएका हुन् ।
माल्दिभ्सबाट ब्यवसायीक फुटबल खेल्दै आएका किरण गत शुक्रबार नेपाल आएका थिए । तर समयमै भिसा प्रक्रियामा अघि बढ्न नसक्दा किरण थाईल्याण्ड उड्न पाएका थिएनन् । सोही दिन नेपाली टोली थाईल्याण्ड उडेको थियो ।
एन्फा प्रवक्ता किरण राईले समयमै पासपोर्ट उपलब्ध नहुदाँ भिसा प्रोसेसिङमा ढिलाई भएको बताए । पासपोर्ट नहुदाँ किरणको भिसा आउन समस्या भएको बताउदै उनले भोली (बुुधबार) बिहान पौने १२ बजे किरण थाईल्याण्ड उड्ने खेलपाटीलाई जानकारी दिए ।
एसियाली खेलकुदमा नेपाली टिमको कप्तान समेत रहेका चेम्जोङ पछिल्लो समय माल्दिभ्सबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् ।
एसियाड र साफको तयारीकालागि नेपाली फुटबल टिम अहिले थाईल्याण्ड अभ्यासरत छ ।
नेपालले पहिलो अभ्यास खेलमा आज पुलिस टेरो क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।