काठमाडौं । पछिल्लो दश वर्षमा नेपाली क्रिकेटमा थुप्रै सम्झना लायक क्षण छन् । यस एक दशकमा नेपाली क्रिकेटले डिभिजन-५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको बाटो तय गरेको छ ।
यस एक दशकमा नेपालले विश्वकपमा ऐतिहासिक सहभागिता देखि एकदिवसीय सिरिज जित्न सफल भएको छ ।
फोटोमा हेर्नुहोस् नेपालको एक दशकको ती महत्पूर्ण क्षण :
डिभिजन पाँचको फाइनल जितेपछि युएसएका खेलाडीसंग हात मिलाउँदै ज्ञानेन्द्र मल्ल र महबुब आलम ।
नेपालमा आयोजना भएको डिभिजन पाँचको उपाधि विजेता टिम ।
कप्तान पारस खड्का र प्रशिक्षक रोय डायस डिभिजन पाँचको उपाधि ट्रफी सहित ।
फाइनल खेलमा १५ रन खर्चेर ७ विकेट हात पारेका राहुल विश्वकर्मा ।
सन् २०१३ मा युएईविरुद्ध टी ट्वान्टी विश्वकप छनोटमा अन्तिम ओभरमा लक्ष्य भेट्टाएर विश्व टी ट्वान्टीमा छनोट भएपछि शरद भेसावकर ।
सन् २०१४ को विश्व टी ट्वान्टीमा छनोट भएपछि नेपाली टिम ।
सन् २०१४ को विश्व टी ट्वान्टीको उपाधि ट्रफीमा नेपाली कप्तान पारस खड्का ।
विश्व टी ट्वान्टीमा विकेट लिएपछि शक्ति गौचन ।
सन् २०१६ को यू १९ विश्वकपमा नेपाली टिम ।
नेपालका युवा खेलाडी सन्दीप लामिछाने पहिलो पटक विदेशी फ्रेन्चाइज लिग आईपीएलमा ।
क्यानडाविरुद्ध रोमाञ्चक जित दिलाएका करण केसीसंग खुसि मनाउँदै नेपाली टिम ।
एतिहासिक एकदिवसीय मान्यता पाएपछि नेपाली क्रिकेट टिम ।
नेपालको पहिलो एकदिवसीय खेल ।
एकदिवसीयमा एतिहासिक शतक प्रहार गरेका पारस खड्का ।
एकदिवसीयमा अर्धशतक बनाउँदै कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका रोहित पौडेल ।
टी ट्वान्टीमा अर्धशतक बनाउँदै कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका सन्दीप जोरा ।
नेपालले एतिहासिक टी ट्वान्टी र एकदिवसीय सिरिज जितेपछि ।
१४ वर्षपछी फस्ट क्लास क्रिकेट (पहिलो श्रेणी)मा एमसीसीविरुद्ध नेपाली टिम ।
१४ वर्षपछी पहिलो क्ष्रेणिको क्रिकेट खेलेको नेपालको लागि अर्धशतक प्रहार गरेका सोमपाल कामी ।
सिंगापुरविरुद्ध टी ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहार गरेपछि पारस खड्का ।
फोटो : इन्टरनेट