काठमाडौं । नेपाली क्रिकेटले सन् २०१९ मा ३० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा १९ टी-ट्वान्टी अन्तराष्ट्रिय, ३ एकदिवसीय अन्तराष्ट्रिय, १ पहिलो श्रेणीको क्रिकेट र अन्य ७ अन्तराष्ट्रिय क्रिकेट रह्यो ।
नेपालले खेलेको ३० खेलमा १६ जित र १४ हार व्यहोर्यो ।
बुधबारबाट सन् २०२० सुरु भएको छ । र, यस वर्ष पनि नेपाली क्रिकेट व्यस्त हुने देखिएको छ ।
हालसम्म सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले विश्वकप छनोट अन्तर्गतको विश्व कप लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र एसिया कप छनोट खेल खेल्नेछ ।
सन् २०२० को ५ महिना भित्र नेपालले विश्व कप लिग-२ को १६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्नेछ ।
नेपालले वर्षको सुरुवातमै घरेलु मैदानमा पहिलो पटक एकदिवसीय सिरिज आयोजना गर्नेछ । घरेलु मैदानमा पहिलो पटक एकदिवसीय खेल्न लागेको नेपालले फेब्रुवरी ५ देखि १२ सम्म ओमान र अमेरिकालाई आथित्यता प्रदान गर्नेछ ।
सात राष्ट्र सम्मिलित लिगमा हालसम्म नेपालले मात्र खेल खेल्न बाँकी रहेको छ । बाँकी अन्य ६ राष्ट्रले कम्तिमा एक एक सिरिज खेलिसकेका छन् ।
विश्व कप लिग-२ बाहेक नेपालले एसिया कप छनोट अन्तर्गत पूर्वी एसिया छनोट खेल्नेछ । उक्त प्रतियोगितामा नेपालले शीर्ष दुईमा स्थान बनाउन सके मलेसियामा हुने एसिया कप छनोटमा नेपालले सहभागिता जनाउने छ ।
चार राष्ट्र सहभागी हुने छनोटमा विजेता टिमले पाकिस्तानमा आयोजना हुने टी-ट्वान्टी एसिया कपमा छनोट हुनेछ । र, टेष्ट राष्ट्र पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र अफगानिस्तानसंग खेल्ने छ ।
सन् २०२० मा नेपाली पुरुष क्रिकेटको खेल तालिका -
फेब्रुवरी ५-१२ : विश्व क्रिकेट लिग दुई, काठमाडौं, नेपाल, ओमान र अमेरिका
फेब्रुवरी २९- मार्च ६ : पूर्वी एसिया, एसिया कप छनोट, थाइल्याण्ड
(सहभागी आठ राष्ट्र मध्य शिर्ष दुई टिमले मलेसियामा एसिया छनोट खेल्नेछ)
अप्रिल २०-२७ : विश्व क्रिकेट लिग दुई, विण्डहोक, नामिबिया, नेपाल र स्कटल्याण्ड
जुन ९-१६ : विश्व क्रिकेट लिग दुई, पोर्ट मोर्स्बे, पीएनजी, युएई र नेपाल
जुन : विश्व क्रिकेट लिग दुई, स्कटल्याण्ड, स्कटल्याण्ड, नेपाल र नामिबिया
अगष्ट : एसिया कप छनोट, मलेसिया
(विजेता एसिया कपमा छनोट हुनेछ)
सेप्टेम्बर : एसिया कप टी-ट्वान्टी, पाकिस्तान