एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज जित्न भारतलाई सहज नरहेको बताएका छन् ।
अष्ट्रेलियाको टिममा विश्वका उत्कृष्ट ब्याट्सम्यान डेभिड वार्नर र स्टिभ स्मिथ रहेका कारण भारतलाई आउने टेष्ट सिरिज जित्न सहज नहुने गांगुलीले बताएका हुन् ।
'अष्ट्रेलियाविरुद्ध सन् २०२० को टेष्ट सिरिज निकै चुनौतीपूर्ण हुनेछ,' गांगुलीले भने, 'मलाई लाग्छ गत सिरिजमा अष्ट्रेलियाको टिम एक नम्बरको थिएन र कोहली आफैंपनि यसलाई नकार्न सक्दैनन् ।'
अन्तिम पटक भारतले अष्ट्रेलियालाई उसैको मैदानमा हराउँदै ७१ वर्षको लामो किर्तीमानमा पूर्णविराम लगाएको थियो ।
त्यस समय टिममा वार्नर र स्मिथ थिएनन् । दुवैजना बल टेम्परिङको आरोपमा प्रतिबन्धमा रहेका थिए ।
यस्तै गांगुलीले अष्ट्रेलिया भ्रमणको लागि धेरै समय नरहेको समेत बताए ।
'अक्टोबरमा हुने सिरिजको लागि अब धेरै समय रहेको छैन,' उनले थपे, 'यो फरक हुनेवाला छ, किनकी अष्ट्रेलियाको यसपटक सबै भन्दा उत्कृष्ट टिम हुनेछ ।'
भारतले सन् २०२० को टी-ट्वान्टी विश्वकप लगत्तै अष्ट्रेलियाको भ्रमण गर्नेछ ।