काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपालमा आयोजना हुने तीनवटै फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेट जित्ने पहिलो कप्तान बनेका छन् ।
पोखरामा शनिबार सम्पन्न दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि जित्दै पारस तीन फ्रेन्चाइज जित्ने पहिलो कप्तान बनेका हुन् ।
पारसले यस अघि काठमाडौं हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) र धनगढीको धनगढी प्रिमियर लिग (डीपीएल) जितेका थिए ।
पारसको कप्तानीमा रहेको टिम चौराहा धनगढीले पहिलो संस्करणको डीपीएलको उपाधि जितेको थियो । यस्तै विराटनगर वारिवर्सबाट पारसले ईपीएलको दोस्रो संस्करणको उपाधि उचालेका थिए ।
पारस बाहेक घरेलु फ्रेन्चाइज क्रिकेटमा शरद भेषवाकरले कप्तानीको रुपमा ईपीएल र पीपीएलको उपाधि जितेका छन् ।