काठमाडौं । चितवन राइनोजका रोहन मुस्तफा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रोहन प्लेयर अफ दि म्याच चुनिएका हुन् । उनले प्रतियोगितामा ६ खेल खेल्दै २ सय ६ रन बनाएका थिए ।
चितवनलाई उपाधि दिलाउन उनले अलराउण्ड प्रदर्शन गरेका थिए । बलिङतर्फ उनले ९ विकेट लिएका थिए ।
म्यान अफ द सिरिज भएका रोहनले जगदम्बा मोटर्सको टिभिएस मोटरसाइकल प्राप्त गरेका छन् ।
यस्तै उत्कृष्ट बलर चितवनका करण केसी बनेका छन् । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी उनले ६ खेलमा १४ विकेट लिएका थिए ।
उत्कृष्ट ब्याट्सम्यान काठमाडौं गोल्डेनका कप्तान ज्ञानेन्द्र मल्ल घोषित भए । मल्लले प्रतियोगितामा एक शतकसहित ५ खेलमा २ सय १ रन बनाएका थिए ।
प्रतियोगिताका उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुवैले टिभिएस मोटरसाइकल प्राप्त गरे ।
यस्तै प्रतियोगिताको ईमर्जिङ खेलाडी धनगढी ब्लुजका अनिल खरेल घोषित भएका छन् । ५ खेल अनिलले ८ विकेट लिन सफल भएका थिए । अनिलले ५० हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी विराटनगरका लोकेस बम बनेका छन् । फ्रेन्चाइज क्रिकेटमा यस पीपीएलबाट डेब्यु गरेका लोकेसले ५ खेलमा १ अर्धशतक सहित ९७ रन बनाएका थिए । उनले १ लाख रुपैंया प्राप्त गरे ।