काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिका लागि आज (शनिबार) चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ ।
खेलमा चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
पोखरा रंगशालामा विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गर्ने भएको हो ।
अनुभबी खेलाडी तथा पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल खेलेको टिम पनि हो ।
यता, पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
जारी लिगमा चितवन अपराजित रहेको छ । अपराजित यात्रालाई निरन्तरता दिंदै उपाधि उचाल्ने लक्ष्यमा चितवन रहेको छ ।
यस्तै लिग चरणको हारको बदला फाइनलमा लिने दाउमा विराटनगर रहेको छ ।