काठमाडौं । दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीले शुक्रबार पुस १५ गतेबाट सुरुहुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह सीबाट प्रदेश १ र प्रदेश ५ भिड्ने भएका छन् । इनरुवा रंगशालामा हुने उद्घाटन खेल पुस १७ गते हुनेछ ।
प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३ टिम रहने छन् ।
तीन टिमले समूह चरणमा एक अर्कासंग खेल्ने छन् । समूह विजेता हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह 'ए' को विजेताले समूह 'सी' सँग सेमिफाइनल खेल खेल्नेछ । यस्तै समूह 'बी' को विजेताले समूह 'डी' को विजेतासँग सेमिफाइनलमा खेल्नेछ । फाइनल खेल माघ ४ गते हुने छ ।
प्रतियोगितामा विभागीय टिमसहित प्रदेश र मलेसियाको मलेसिया-११ ले प्रतिस्पर्धा गर्ने छन् ।
मलेसिया-११ समूह 'डी' मा रहेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउने छन् । उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टोलीले ३०-३० हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।
खेल तालिका -