एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ ।
शुक्रबार भएको खेलमा मेलबर्न एडिलेइड स्ट्राइकर्ससँग ५ रनले पराजित भएको हो ।
करारामा स्ट्राइकर्सले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो ।
मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ४३ रन बनाए । यस्तै पिटर ह्याण्ड्सकम्बले ३४ रन, मार्कस स्टोइनेसले ३३, नाथन कुण्टर नाइलले अविजित २० योगदान गरे ।
एडिलेइडका पिटर सिडलेले ३ तथा वेस अगर, केमरन भेलेण्टे र राशिद खानले समान १/१ विकेट लिए ।
यस अघिटस हारेर पहिले ब्याटिङ गरेको एडिलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
उसका जोनाथन विल्सले अर्धशतकीय इनिङ्स खेले । ४६ बल खेलेका उनले ४ चौकाको मद्दतमा अविजित ६८ रन बनाए ।
कप्तान एलेक्स केरीले ४५ रन बनाए । यस्तै जाक वेल्थराल्डले २१ र फिल साल्टले १४ रनको योगदान गरे ।
मेलबर्नका लागि डेल स्टेन, सन्दीप, डेनियल वोर्रल र आडम जम्पाले समान १/१ विकेट लिए ।
अघिल्ला दुई खेलमा जित निकालेको मेलबर्न ४ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
४ अंक जोडेको एडिलेइड दोस्रो स्थानमा रहेको छ ।