एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्व सदस्य दानिश कनेरिया हिन्दु धर्मावलम्बी भएको खुलासा भएको छ ।
एक टेलिभिजन शो कार्यक्रममा पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले स्पिनर कनेरिया हिन्दु धर्मावलम्बी भएको खुलासा गरेका हुन् ।
कनेरिया हिन्दु भएको कारण टिममा उनीमाथि भेदभाव हुने गरेको समेत अख्तरले खुलाएका छन् । कनेरिया टिममा हुँदा अन्य मुस्लिम खेलाडीले उनीसँग खाना खान नमान्ने गरेको समेत उनले खुलासा गरेका छन् ।
अख्तरले कनेरिया हिन्दु भएको कारण उनलाई टिममा अन्याय भएको पनि बताए ।
'कनेरिया हिन्दु थिए । त्यसैले उनीमाथि अन्याय भएको थियो,' अख्तरले भने, 'कतिपय खेलाडीले त उसँग खाना खान समेत मान्दैन थिए ।'
केनेरियाको पक्षमा बोल्दा आफ्नो अन्य खेलाडीसँग झगडा समेत हुने गरेको उनले खुलाए ।
'मेरो करियरमा एक दुई जनासँग झगडा भयो । जब उनीहरु कराची, पेशावर र पंजाबको बारेमा कुरा गर्थे, म एकदम तातो हुने गर्थे,' अख्तरले कार्यक्रममा भने, 'जो हिन्दु छ उ खेल्छ । उही हिन्दुले टेष्ट सिरीज जित्यो ।'