काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटको इलिमिनेटरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ६६ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो ।
विराटनगरका सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले । ५४ बलको सामना गरेका उनले २ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाए ।
यस्तै कप्तान प्रदिप ऐरीले अविजित ३३ रन बनाउँदा जैद आलमले २०, लोकेश बम र पुनित महराले समान १९ रन जोडे ।
बुटवलका हर्ष टंकले २ विकेट लिए । यस्तै ललित भण्डारी र अविनास बोहराले समान १/१ विकेट लिए ।
आज दुवै टिम जित हात पार्दै पहिलो पटक फाइनल पुग्न चाहन्छन् ।
लिग चरणको अन्तिम खेलमा हिजो (बुधबार) विराटनगरले बुटवललाई ४ विकेटले पराजित गर्दै इलिमिनेटरमा स्थान बनाएको थियो ।
इलिमिनेटेर खेलमा विजयी हुने टिमले फाइनलमा चितवन राइनोजसंग खेल्ने छ । चितवन पहिलो संस्करणको फाइनल खेलेको टिम समेत हो ।
गत संस्करणको विजेता तथा घरेलु टोली पोखरा पल्टन भने लिग चरणबाटै बाहिरिएको छ ।