एजेन्सी । विश्व-११ विरुद्धको खेलका लागि एसिया-११ मा पाकिस्तानी खेलाडीलाई निमन्त्रणा नगरिने भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआईका) का सहसचिव जयस जर्जले खेलमा पाकिस्तानी खेलाडीलाई निमन्त्रणा नगरिने बताएका छन् ।
'हामी सचेत छौं कि पाकिस्तानी खेलाडी टिममा हुने छैनन्,' सहसचिव जर्जले भने, 'अध्यक्ष सौरभ गांगुलीले टिमका लागि हाम्रो ५ खेलाडीको छनोट गर्नु हुनेछ ।'
बंगलादेश क्रिकेट बोर्डले बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा विश्व-११ र एसिया-११ बीच दुई टी-ट्वान्टी खेलको आयोजना गर्दैछ ।
उक्त खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले समेत मान्यता दिएको छ ।
भारत र पाकिस्तानको सम्बन्धलाई लिएर एसिया-११ मा भारत वा पाकिस्तानको खेलाडीको नाम मात्र राखिने भएको हो । दुवै देशका खेलाडीले एकै टिमबाट खेल्ने छैनन् ।