एजेन्सी । भारतका तिब्र गतिका बलर जस्प्रित बुम्राहलाई घरेलु क्रिकेट रणजी ट्रफी नखेल्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले निर्देशन दिएका छन् ।
अध्यक्ष गांगुलीले बुम्राहलाई रणजी ट्रफी नखेल्न सुझाएको भारतीय मिडियाले जनाएका छन् । बीसीसीआईका एक कार्यकारी कर्मचारीले समेत यसको पुस्टि गरेका छन् ।
गांगुलीले बुम्राहलाई रणजी ट्रफी नखेल्न भन्नुको कारण भने सार्वजनिक गरिएको छैन ।
अब गुजरात र केरलबीच हुने खेलमा बुम्राह देखिने छैनन् । बुम्राह भने चोटको कारण टिमबाट बाहिरिएकाले आफ्नो फिटनेस जाँच्न रणजी ट्रफी खेल्न चाहन्थे ।
जुलाईमा भएको भारत र वेष्ट इण्डिजको खेलपछि बुम्राहले कुनै खेल खेलेका छैनन् । तर, बुम्राहलाई श्रीलंकासँग हुने टी-ट्वान्टी सिरिज र अष्ट्रेलियाविरुद्ध हुने एकदिवसीय सिरिजका लागि टिममा बोलाईएको छ ।