एजेन्सी । प्रि-सिजन अघिको मैत्रीपूर्ण क्लब फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडलाई १ – ० गोलको झिनो अन्तरले पराजित गरेको हो ।
म्युनिखमा भएको खेलमा बन्डेस लिगा च्याम्पियन बायर्नलाई जित दिलाउन जाभियर मार्टिनेजले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा मार्टिनेजले गोल गर्दै बायर्नलाई जित दिलाए ।
खेलमा युनाइटेडले गोल गरे केहि मौका पाएपनि सदुपयोग गर्न सकेनन् । र, युनाइटेडले हारबाट प्रि-सिजनको अन्त्य गरेको छ ।
इन्ग्लिश प्रिमियर लिग सुरु हुनुअघि युनाइटेडले बायर्नसंग मैत्रीपूर्ण खेल खेलेको हो । प्रिमियर लिग अगष्ट ११ बाट सुरु हुँदैछ ।