एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको पाँच एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रीकाले दुई खेल अगाबै जितेको छ । आइतबार भएको तेस्रो खेलमा श्रीलंकालाई ७८ रनले हराउदै दक्षिण अफ्रीकाले सिरिज जितेको हो ।
केन्डीमा दक्षिण अफ्रिकाले दिएको ३६४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर २ बलमा अलआउट हुँदै २८५ रनमा समेटियो । योसंगै दक्षिण अफ्रीकाले पाँच खेलको सिरिजमा ३ - ० को अग्रतासहित सिरिज जितेको हो । चौथो खेल बुधबार हुनेछ ।
पाहुना टोलीले दिएको उच्चसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ८४ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै श्रीलंकाका अकिला परेराले ३७, कप्तान एन्जेलो म्याथ्युजले ३२ तथा कुशल मेन्डिसले ३१ रन जोडे ।
श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट लिदा लक्की फेल्हुकोयले ३ विकेट लिए । यस्तै ताब्रेइज शाम्सीले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३६३ रन जोडेको थियो । दक्षिण अफ्रीकाको लागि रिजा हेन्ड्रिक्सले १०२ रनको शतकीय पारी खेले ।
त्यस्तै जेपी डुमिनीले ९२, हासिम अमलाले ५९ तथा डेभिड मिल्नरले ५१ रन जोडे । श्रीलंकाका थिसारा परेराले ४ तथा लाहिरु कुमाराले २ विकेट लिए ।