काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ ।
पोखरा रंगशालामा बुटवलविरुद्ध विराटनगरले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । विराटनगरले बलिङ रोजेपछि बुटवलले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
यस अघिनै प्ल अफमा स्थान पक्का भएको बुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।
सोही कारण बुटवललाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्य सहित विराटनगरले लिग चरणको अन्तिम खेल खेल्दैछ ।
बुटवल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ ।
चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ । बुटवलले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ ।
तेस्रो स्थानमा रहने टोलीले वुटवलसंग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ४ अंक सहित प्ले अफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्दै विराटनगरसंग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ ।