एजेन्सी । भारतीय कप्तान विराट कोहली टेष्ट वरियताको शीर्ष स्थानमा रहेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार स्टार ब्याट्सम्यान कोहलीले शीर्ष स्थानमा रहँदै यस बर्षको अन्त्य गर्ने भएका हुन् ।
कोहलीको ९ सय २८ रेटिंग अंक रहेको छ ।
उनी अष्ट्रेलियाका स्टिभ स्मिथभन्दा १७ अंकले अगाडी छन् । न्युजिल्याण्डका कप्तान केन विलियम्बु ८ सय ६४ अंक सहित तेस्रो स्थानमा छन् ।
चेतेश्वर पुजारा ७ सय ९१ ऋंक सहित चौथो स्थानमा यथावत छ । आजिन्क्या रहाणे सातौ स्थानमा झरेका छन् । उनको स्थान पाकिस्तानका बाबर आजमले लिएका छन् ।
आजमले श्रीलंकाविरुद्व कराचीमा दोस्रो टेष्ट खेलमा शतक र ६० रन बनाएका थिए । उनले तीन स्थान सुधार गर्दै छैटौ स्थानमा उक्लिएका हुन् । उनको करियरको उच्चतम वरियता प्राप्त गरेका हुन् ।
टेष्ट वरियताको बलिङतर्फ अष्ट्रेलियाका पेट कमिन्स शीर्ष स्थानमा छन् । भारतीय स्टार जसप्रित बुमराह छैटौ स्थानमा छन् । बुमराह चोटका कारण दक्षिण अफ्रिकाविरुद्वको सिरिज बाहिर छन् ।
टेष्ट अलराउण्डरमा वेस्ट ईन्डिजका जेसन होल्डर शीर्ष स्थानमा छन् । रविन्द्र जडेजा दोस्रो स्थानमा रहेका छन् ।
टेष्टको विश्व वरियतामा भारत शीर्ष स्थानमा रहदाँ अष्ट्रेलिया दोस्रो, पाकिस्तान तेस्रो, श्रीलंका चौथो, न्युजिल्याण्ड पाँचौ र ईङ्ल्याण्ड छैटौ स्थानमा छ ।