काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा नेपाल एक स्थान घट्दै १८ औं स्थानमा झरेको थियो ।
नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेको छ ।
नयाँ वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।
यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ ।
टी–ट्वान्टी वरियतामा भने नेपाल १२ औं स्थानमा रहेको छ ।