एजेन्सी । बलर जस्प्रित बुम्राहलाई टिममा समेट्दै भारतले टी-ट्वान्टी र एकदिवसीय क्रिकेटका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
भारतले सोमबार श्रीलंकाविरुद्धको टी-ट्वान्टी र अष्ट्रेलियाविरुद्धको एकदिवसीय खेलका लागि घोषणा गरेको टिममा बुम्राह परेका हुन् ।
ढाडको चोटको कारण टिम बाहिर रहदै आएका बुम्राह चोटमुक्त हुँदै टिममा फर्किएका हुन् ।
यस्तै भारतले टी-ट्वान्टीका लागि रोहित शर्मालाई विश्राम दिएको छ । रोहितले वेष्ट इण्डिजविरुद्धको सिरिजमा उत्कृष्ट खेलेका थिए ।
भारतले जनवरी ५ देखि १० भित्र श्रीलंकासँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
यस्तै जनवरी १४ देखि १९ भित्र भारतले अष्ट्रेलियासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
दुबै सिरिजमा भारतको कप्तानी विराट कोहलीले गर्ने छन् ।