पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा साविक विजेता पोखरा पल्टनले एक्स्पर्ट धनगढीलाई जितका लागि ८० रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रनमा समेटियो ।
पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । यस्तै विनोद भण्डारीले १२ रन बनाए ।
धनगढीका अनिल खरेलले ३ विकेट लिए । दिपक पुनिया,कमल सिंह ऐरी र सागर ढकालले २/२ विकेट लिए ।
दुई टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोलीलाई प्ले अफको गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ ।
पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । धनगढी ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
त्यसैले दुवै टिम जित निकाल्दै प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहन्छ । तर, दुवै टोलीलाई जितले मात्र पुग्ने छैन् । अन्य खेलको नतिजा समेत अनुकुल आउनु पर्नेछ ।
चितवन राइनोज र बुटवल ब्लास्टर्स पीपीएलको प्ले अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । जसमा चार टोलीको प्रतिस्पर्धा रहेको छ ।
यस्तोमा पोखरा र धनगढीसँगै काठमाडौं गोल्डेन्स र विराटनगर टाईटन्स समेत प्ले अफ होडमा रहेका छन् ।
चार खेलमा ४ अंक जोडको काठमाडौं तेस्रो र २ अंक जोडेको विराटनगर चौथो स्थानमा रहेका छन् ।