एजेन्सी । पाहुना टिम वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ ।
आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।
वेष्ट इण्डिजले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा कप्तान विराट कोहलीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तो लोकेश राहुलले ७७ तथा रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
रविन्द्र जडेजा ३९ रनमा अविजित रहे । वेष्ट इण्डिजका लागि केमो पाउलले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।
वेष्ट इण्डिजका लागि निकोलस पुरनले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए ।
यस्तै साई होपले ४२ र रोस्टन चेसले ३८ तथा शिम्रन हिटमायरले ३७ रन बनाए ।
भारतका नाभदिप सैनीले २ विकेट लिए ।
यस अघि पहिलो एकदिवसीय वेष्ट इण्डिजले ८ विकेटले जितेको थियो । तर, दोस्रो खेल भारतले १०७ रनले जितेको थियो ।