काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटको दोस्रो खेलमा होबर्ट हुरिकान्ससँग प्रतिस्पर्धा गर्दैछ ।
हुरिकान्सविरुद्ध मेलबर्नले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ ।
हुरिकान्सविरुद्धको खेलका लागि सन्दीप प्लेईङ सेटमा परेका छन् । पहिलो खेलमा सन्दीपले ३८ रन खर्चेर १ विकेट लिएका थिए ।
मेलबर्न ग्लेन म्याक्सवेलको कप्तानीमा मैदान उत्रनेछ ।
मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो ।