एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान राहुल द्रविडका छोरा समितले कर्नाटक राज्य अन्डर १४ को खेलमा दोहरो शतक बनाएका छन् ।
१४ बर्षका समित द्रविडले अन्डर १४ ईन्जर जोनल प्रतियोगितामा वाईस प्रेसिडेन्ट एकादशको लागि खेल्दै धारवाड जोनकाविरुद्व २ सय १ रन बनाएका छन् ।
समितले २ सय ५६ बलमा २२ चौका प्रहार गर्दै दोहरो शतक बनाएका हुन् ।
खेल बराबरीमा सकिएको थियो । समितले दोस्रो ईनिङ्समा समेत राम्रो ब्याटिङ गरेका थिए । उनले अविजित ९४ रन बनाएका थिए । सो खेलमा उनले ३ विकेट समेत लिएका थिए ।
भारतका महान ब्याट्सम्यान द्रविडका छोरा समितले दोस्रो ईनिङ्समा ९४ रन बनाउँदै २६ रन खर्चिएर तीन विकेट लिएका थिए । खेल भने बराबरीमा सकिएको थियो ।
समितल सन् २०१५ मा अन्डर १२ प्रतियोगितामा आफ्नो माल्या अदिति ईन्टरनेशनल स्कुलका लागि तीन अर्धशतक प्रहार गरेका थिए । तीनै वटा खेलमा टिम विजयी भएको थियो ।
भारतका लागि १ सय ६४ टेष्ट खेलेका द्रविडले २ सय ८६ ईनिङ्समा १३ हजार २ सय ८८ रन बनाएका थिए ।
उनले अहिले भारतीय क्रिकेटको विभिन्न भूमिकामा बसेर काम गरिरहेका छन् ।