पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा अहिले काठमाडौं गोल्डेन वारियर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा विराटनगरविरुद्ध काठमाडौंले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । काठमाडौंले ब्याटिङ रोजेपछि विराटनगरले पहिले फिल्डिङ गर्ने भएको छ ।
प्रदीप ऐरी नेतृत्वको विराटनगरविरुद्व मैदान उत्रदै गर्दा ज्ञानेन्द्र मल्लको काठमाडौं दबामा हुनेछ ।
सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ ।
पहिलो खेलमा पोखरा पल्टनसंग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित बनेको थियो ।
तेस्रो खेलमा धनगढी एक्सपर्टलाई हराएर राहत महशुश गरेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित बनाउन जित निकाल्नै पर्ने दबाब छ ।
अझ पछिल्लो खेलमा कीर्तिमानी शतक प्रहार गरेका कप्तान ज्ञानेन्द्रको प्रर्दशन महत्वपुर्ण हुनेछ ।
काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
विराटनगर समेत दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनाउन चाहन्छ ।
धनगढीसंग पहिलो खेल गुमाएपनि साविक विजेता पोखरालाई हराएर विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो ।
विराटनगर दुई खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा छ ।