पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन राइनोजले एक्पर्ट धनगढीलाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
चितवनका लागि आरिफ शेखले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । यस्तै सन्नी पटेलले अविजित ३२ रन बनाए ।
त्यस्तै बाबर हायतले ३६ रन जोड्दा कप्तान पारस खड्काले २३ रन बनाए । अनिल साहले १९ रन जोडे ।
धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २/२ विकेट लिए ।
चितवन २ खेलमा २ जितसहित ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । धनगढी २ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।