एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनबाट अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र पाट कुमिन्स महँगो मूल्यमा बिक्रि भएका छन् ।
बिहिबार जारी अक्सनबाट म्याक्सवेललाई किङ्स इलाभेन पन्जाबले १०.७५ करोड भारुमा अनुबन्ध गरेको छ ।
यस्तै कुमिन्सलाई कोलकत्ता नाइट राइडर्सले १५.५ करोड भारुमा अनुबन्ध गरेको छ ।
कोलकत्तामा करोड मूल्यमा अनुबन्धित भएसँगै कुमिन्स आईपीएलको इतिहासमा सर्वाधिक महंगा विदेशी खेलाडी बनेका छन् ।
चेन्नईले साम करनलाई ५.५ करोड भारुमा अनुबन्ध गरेको छ ।
इंग्ल्यान्डका इयान मोर्गन ५२५ लाख भारुमा कोलकत्तामा अनुबन्धित भएका छन् । क्रिस लिनलाई २०० लाख भारुमा मुम्बईले अनुबन्ध गरेको छ ।