पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत अहिले चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा बुटवलविरुद्ध चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।
बुटवलले टस जितेर पहिले फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गरिरहेको हो ।
प्रतियाेगितामा दुवै टिम अपराजित रहेका छन्।
चितवन पारस खड्काको कप्तानीमा र बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रिएका छन् ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो ।
यस्तै, बुटवलले काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।
दुई टोलीले तालिकामा समान २ अंक जाेडेका छन् ।
रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ ।