पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बिहिबार) एक खेल हुँदैछ ।
प्रतियाेगितामा अपराजित टिम चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा दुवै टिम अपराजित छन् ।
खेल पोखरा रंगशालामा दिउँसो साढे ११ बजे हुनेछ ।
चितवन पारस खड्काको कप्तानीमा रहको छ भने बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रने छ ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो ।
यस्तै, बुटवलले काठमाडौँ गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।
दुई टोलीले तालिकामा समान २ अंक जाेडेका छन् ।
रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ ।
गत संस्करणको पीपीएलको फाइनलमा पुगेको चितवन यस पटकको उपाधि दाबेदार टिम हो ।
तुलनात्मक हिसाबमा चितवन निकै बलियो छ ।
बुटवलमा भने अधिकांश खेलाडी युवा रहेका छन् ।
प्रतियोगिताको सिंगला राउण्ड रोबिनको आधारमा हुनेछ ।
लिग चरण सकिंदा शिर्ष स्थानमा रहेको टिम सिदै फाइनल पुग्ने छ भने दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशको इलिमिनेटर खेल्नेछन् ।