पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेटमा ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।
याेसंगै पीपीएलमा शतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी बनेका छन् ।
काठमाडौँ गोल्डेन वारियर्सका कप्तान समेत रहेका मल्लले पोखरा धनगढी ब्लुजविरुद्ध शतक प्रहार गरेका हुन् । मल्ल पीपीएलको दोस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
शतक प्रहार गर्ने क्रममा उनले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरे ।
यसअघि पोखरा पल्टनकाका कुशल भुर्तेलले र चितवन राइनोजका बाबर हायातले अर्धशतक प्रहार गरेका थिए ।