पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेटमा ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन् ।
काठमाडौँ गोल्डेन वारिएर्सबाट खेलिरहेका मल्लले पोखरा धनगढी ब्लुजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । मल्ल पीपीएलको दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् ।
अर्धशतक प्रहार गर्ने क्रममा उनले २४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । मल्ल ६६ रन बनाएर खेलीरहेका छन् ।
यसअघि उद्घाटन खेलमा पोखरा पल्टनकाका कुशल भुर्तेलले र चितवन राइनोजका बाबर हायातले अर्धशतक प्रहार गरेका थिए ।