पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी ट्वान्टी क्रिकेटमा बाबर हायतले अर्धशतक प्रहार गरेका छन् ।
चितवन राइनोजबाट खेलिरहेका बाबरले पोखरा पल्टनविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । बाबर पीपीएलको दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।
अर्धशतक प्रहार गर्ने क्रममा उनले ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । बाबर ५३ रन बनाएर खेलीरहेका छन् ।
यसअघि उद्घाटन खेलमा पोखराका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए ।