पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा अहिले साविक विजेता पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा पारस खड्काको कप्तानीमा रहेको चितवनले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । चितवनले फिल्डिङ रोजेपछि शरद भेषवाकरको कप्तानीमा रहेको पोखराले पहिले ब्याटिङ गर्ने भएको छ ।
पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ । प्रतियोगिता अर्को दाबेदार टिम चितवन भने आफ्नो पहिलो खेल खेल्दैछ ।
गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो ।