एजेन्सी । घरेलु टोली भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिजले शानदार जित निकालेको छ ।
चेन्नईमा आइतबार भएको खेलमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
चिताम्बरम स्टेडियममा भारतले दिएको २ सय ८८ रनको लक्ष्य वेष्ट इण्डिजले ४७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
वेष्ट इण्डिजको जितमा शिम्रन हेट्मेयर र शाइ होपले शतकीय इनिङ्स खेले ।
हेट्मेयरले १ सय ३९ रन जोड्दा होपले अविजित १ सय २ रन बनाए । निकोलस पुरन २९ रनमा अविजित रहे ।
भारतका दिपक चाहर र मोहमद शामीले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।
भारतका लागि ऋषब पन्तले ७१ तथा श्रेयस आयरले ७० रन जोडे । केदार जादबले ४० रन जोड्दा रोहित शर्मा ३६ रनमा आउट भए । वेष्ट इण्डिजका शेल्डोन कोट्रेल, केमो पाउल र अल्जारी जोसेपले २/२ विकेट लिए ।
जितसँगै वेष्ट इण्डिजले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।