एजेन्सी । पाहुना टोली न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ ।
पर्थमा टेष्टको तेस्रो दिन आइतबार अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ९६ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाले दिएको ४ सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले दोस्रो इनिङ्समा १ सय ७१ रन जोड्दा अलआउट भयो । पहिलो इनिङ्समा पनि न्युजिल्यान्ड १ सय ६६ रन जोड्दा अलआउट भएको थियो ।
दोस्रो इनिङ्समा न्युजिल्यान्डका बर्टली जोन वाल्टिङले ४४ रन तथा कोलिन डी ग्राण्डहोमेले ३३ रन बनाए । न्युजिल्यान्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लायनले ४/४ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय १६ रन बनाएको थियो । दोस्रो इनिङ्समा २ सय १७ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
जितसँगै अष्ट्रेलियाले आईसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा ४० अंक जोडेको छ । दुई बीचको दोस्रो टेष्ट मेलबर्नमा अर्को साता सुरु हुनेछ ।