पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) आज (आइतबार)बाट सरु हुँदै छ ।
पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्नेछ ।
पोखरास्थित पोखरा क्रिकेट रंगशालामा दुवै टोली मैदान उत्रदा पहिलाे जितको खोजीमा हुनेछन् ।
पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्न चाहान्छन् ।
राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान शरद भेसावाकरको कप्तानीमा रहेको पोखरा यस संस्करणमा समेत उपाधि लक्ष्य राखेकाे छ ।
यस्तै राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले गत संस्करणमा इलिमिनेटरबाट बाहिरिएको थियो ।
खेल बिहान साँढे ११ बजे सुरु हुनेछ ।
पहिलो संस्करणमा दुवै टाेली आमने सामने भएका थिए । जसमा पोखराले काठमाडौँलाई ४ विकेटले पराजित गरेको थियो ।
पोखराका लागि भारतीय खेलाडी रभी इन्दर सिंह महत्वपूर्ण खेलाडी हुन् । सिंह गत संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
पोखराबाट खेलेका उनले ६ खेलमा २ सय ६० रन बनाएका थिए ।
यस्तै काठमाडौँका लागि गौरब तोमार महत्वपूर्ण रहेका छन् । तोमार गत संस्करणका सिंहपछिको सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
काठमाडौँबाट खेलेका उनले ६ खेलमा २ सय १२ रन बनाएका थिए ।
पुरा टिम पोखरा पल्टन : रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकिपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, शरद भेषावकर(कप्तान), कुशल मल्ल, आकश चन्द, अनिल गुरुङ, रविइन्दर सिंह, पराग खानपुकार र प्राथामेस डाके ।
काठमाडौँ गोल्डेन : ज्ञानेन्द्र मल्ल (कप्तान), पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल, अमृत भट्टाई, गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी ।