एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका डिफेन्डर सिड कोलासिनाच करिब १० साता मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको कारण कोलासिनाच १० साता मैदान बाहिर रहने भएका हुन् ।
२५ बर्षीय कोलासिनाचले गत बुधबार इन्टरनेसनल च्याम्पियन्स कपको दौरान चोट बोकेका थिए । डुब्लीनमा चेल्सीसंगको खेलको दौरान कोलासिनाचले देब्रे घुँडामा चोट बोकेका थिए । बोस्निया एण्ड हर्जगोभिनाका लेफ्ट ब्याक कोलासिनाच चेल्सीका भिक्टर मोसेससंग जुद्धा घाइते भएका थिए ।
चोट बोकेकै कारण कोलासिनाचले अब इन्ग्लिश प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती ८ खेल गुमाउने छन् । इन्ग्लिश प्रिमियर लिग आगामी अगष्ट ११ बाट सुरु हुँदैछ ।
कोलासिनाच गत सिजन जर्मन क्लब शाल्केबाट आर्सनल आएका थिए ।