एजेन्सी । नाइजेरियाका मिडफिल्डर एलेक्स इवोबी इन्ग्लिश क्लब आर्सनलमै रहने भएका छन् । इवोबीले आर्सनलसंग अनुबन्ध सम्झौतामा नवीकरण गरेका छन् ।
इवोबीले शुक्रबार आर्सनलसंग थप चारबर क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासंगै २२ बर्षीय इवोबी सन् २०२३ सम्म आर्सनलमा रहने छन् ।
इवोबीले क्लबसंग नयाँ सम्झौता गरेपछि आर्सनलका मुख्य प्रशिक्षक युनाई इम्रीले उनको निर्णयमा एकदमै खुसी रहेको बताए । प्रशिक्षक इम्रीले भने, 'म धेरै खुसी छु किनकी एलेक्सले हामीसंग नयाँ सम्झौता गरे ।'
सन् २०१५ मा आर्सनल आएका इवोबीले ९८ खेल खेलेका छन् । जसमा ९ गोल गरेका छन् ।
यस्तै इवोबीले आफ्नो बच्चा देखीकै क्लबमा रहन पाउदा खुसी रहेको बताए । 'आर्सनलबाट खेल्नु मेरो बच्चा देखिकै सपना हो,' इवोबीले भने, 'सम्झौता नवीकरणले अद्भुत अनुभव भईरहेको छ । आशा छ मैले आर्सनलको लागि राम्रो गर्ने छु ।'
इवोबी रुस विश्वकपमा नाइजेरियामा मुख्य खेलाडी रहेका छन् । इवोबीले नाइजेरियाले खेलेका सबै खेल खेलेका थिए ।