एजेन्सी । घरेलु टिम भारतले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।
मुम्बईमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।
वान्खडे क्रिकेट स्टेडियममा भारतले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।
वेष्ट इण्डिजका लागि केइरन पोलार्डले ६८ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शिम्रन हिटमेयरले ४१ रन बनाए । भारतका दिपक चाहर, भुवनेश्वर कुमार, मोहमद शामी र कुलदीप यादबले २/२ विकेट लिए ।
यस अघि कप्तान विराट कोहली टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक चाँडो अर्धशतक बनाउने भारतीय कप्तान बन्दा भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।
मात्र २१ बलमा ५० रन पुरा गरेका कोहली ७० रनमा अविजित रहे । यस्तै लोकेश राहुलले ९१ रन जोड्दा रोहित शर्मा ७१ रनमा आउट भए ।
यस अघि पहिलो खेलमा भारतले जितेको थियो भने दोस्रो खेल वेष्ट इण्डिजले आफ्नो बनाएको थियो ।